स्थीर सरकार विकासको आधार

साठी वर्ष अघि नेपाल सरह वा त्यो भन्दा पनि कमजोर आर्थिक हैसियत भएका देशहरु अहिले संसारमा धेरै अघि बढिसके, आर्थिक सक्षमताको आधारमा माथि पुगिसके । तर, नेपाल भने सधैं अविकसित वा विकासोन्मुखको राष्ट्रको सूचीमा अल्झि रहेको छ । यो सूचीमा रहेको धेरै भइसकेपछि पनि देश अघि बढ्ने शुभ संकेत कंही कतै देखिदैन । जताजतै निराशाका बादलहरु मडारिरहेको छ । लाखौं युवाहरु देशमा आफ्नो भविष्य नदेबेर विदेशिएका छन् । दिनदिनै विदेश जान तम्सिएका युवाहरु देख्दा लाग्छ, यो देश नै विदेश जान चाहन्छ ।

यस्तो अबस्थामा अब पनि राजनीति नेतृत्वले देशको यो हरिविजोगको कारणहरु खोज्न लाग्नु पर्ने बेला आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि सधैं संक्रमण कालको हवाला दिइने गरिन्छ । संक्रमण काल सिमित अबधिको पो हुन्छ । दुई/चार वा पाँच वर्षसम्मको । तर, हामीकहाँ ७० वर्षदेखि संक्रमणकालको हवाला दिदैं आएको छ । २०४६ सालको परिवर्तनपछि देशमा केही होला भन्ने आसा थियो । दलहरुले झनै देशलाई रसातलमा पु-याउने काम गरे । एउटा सरकारले पनि आफ्नो पुरा कार्यकाल सत्ता सञ्चालन गर्न पाएन । बहुमत भएको बेलामा त तोकिएको अबधी सत्ता सञ्चालन गर्न असमर्थ दलहरुले अल्पमत भएको भएको बेलामा वर्षैपिच्छे सरकार परिवर्तन गरिरहने नै भए । पछिल्ला वर्षहरुमा नौ÷दश महिनाको अबधिमा सत्ता परिवर्तन भइरहदा नागरिकहरुमा निराशा छाएको छ । अब त स्थीर सरकार भईदिए हुन्थ्यो भन्ने नागरिक आवाजहरु सुनिन थालेको छ । सधैंभरि अस्थीर सरकार बन्ने र आफ्नो नीति तथा योजनाको कार्यन्वयन कुनै पनि दलको नेतृत्वको सरकारबाट नहुने भएको कारण नागरिकहरुमा निराशा छाएको हो । विश्वमा अन्य देशहरुले गरेका प्रगतिको तुलनामा सधैं उस्तै अबस्थामा रहेको नेपालले देशमा विकास होला, सही गति समाउला, नागरिकको जीवनस्तर उकास्सिएला भनेर राजनीतिक परिवर्तनहरुमा साथ दिदैं आएका छन् । तर, राजनीतिक नेतृत्वको लापर्वाही, बहमतको सरकार नबन्ने अबस्थाले देशमा कुनै पनि कार्यले निरन्तरता नपाउने अबस्थाले नागरिकलाई निराश बनाएको छ ।

यस्तो अबस्थामा अहिले भइरहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनपछि देशमा स्थीर सरकार बन्ने आम नागरिकहरुमा विस्वास पलाएको छ । देशका ठूला दलहरु साना दलहरुलाई समेत साथमा लिएर लोकतान्त्रिक र वाम गठबन्धनको नाममा चुनावी मैदानमा आएको कारण जुन पक्षले ल्याए पनि कम्तिमा बहुमत सिट ल्याउने छन्, र देशमा स्थीर सरकार निर्माण हुनेछ भन्नेमा नागरिकहरुमा विस्वास पलाएको छ । सत्ता जुनसुकै दलको नेतृत्वमा होस्, त्यो चिन्ताको विषय होइन, मात्र सरकार स्थीर होस् । पाँच वर्ष एकै लयमा कुनै दलको नेतृत्वमा सरकार सञ्चालन भएमा नागरिकहरुको मनमा गढेको कालो पातलिने छ । सधैं सत्ताकै लुछाचुडीमा दलहरु लागिरहँदा देशमा प्रगतिका कामहरु भ्ने शुन्य हुने अबस्थाको अन्त्यको लागि पनि स्थीर सरकारको खाँचो रहेको छ । विकासको आधार भनेकै स्थीर सरकार भएकोले देशलाई समृद्धितर्फ लैजानको लागि अब बन्ने सरकारले भूमिका खेल्नेछ भन्ने आशा राखौं । नेपालीहरु आशैआशमा आफ्नो पुस्ता नै बिताउन बाध्य भएको बेलामा यो चांिह कार्यन्वयन हुने आशाको रुपमा लिनेछन् ।