समानुपातिकमा नुवाकोटमा कांग्रेस अगाडी

विदुर । प्रतिनिधीसभा तथा  प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ भने जिल्लामा नेपाली कांग्रेस अगाडी भएको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।

प्रत्यक्षतर्फको छ वटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार ४ सय ५९ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै नेकपा एमालेले ३९ हजार ५ सय ७० मत ल्याएर दोस्रो र नेकपा माओवादी केन्द्रले २८ हजार १ सय २० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधी सभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं. १ मा नेपाली कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधीसभा क्षेत्र नं. १ मा २३ हजार २ सय ९९ मत सहित कांग्रेस पहिलो, १८ हजार ७ सय ८२ मत सहित माओवादी दोस्रो र १४ हजार ३ सय १४ मत सहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेश सभातर्फ प्रदेशसभा क मा नेपाली कांग्रेसले १० हजार ७ सय ४१, माओवादीले ९ हजार ७ सय ४४ र एमालेले ५ हजार ३ सय ७७ मत ल्याएको छ । प्रदेश ख मा नेपाली कांग्रेसले १० हजार ७४, एमालेले ८ हजार ५ सय ८६ र माओवादीले ७ हजार ५ सय ८३ मत ल्याएको छ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं. २ मा नेकपा एमाले सबैभन्दा अघि आएको छ । एमालेले २५ हजार २ सय ५६, कांग्रेसले २४ हजार १ सय ६०, माओवादीले ९ हजार ३ सय ३८ मत ल्याएको छ ।

क्षेत्र नं. २ को प्रदेश क मा एमालेले १२ हजार २ सय २९, कांग्रेसले १० हजार ८ सय ७२ र माओवादीले ५ हजार १ सय ९ मत ल्याएको छ । यस्तै प्रदेश ख मा कांग्रेसले ११ हजार ५ सय ६३, एमालेले १० हजार ७ सय २२ र माओवादीले ५ हजार २ सय ६२ मत ल्याएको छ ।