२० करोडको लगानीमा नुवाकोटमै अक्सिजन उद्योग

विदुर । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योगहरु स्थापना हुनेक्रम बढेको छ । यसैक्रममा २० करोड रुपैयाको लगानीमा पिपलटारमा अक्सिजन उद्योग स्थापना गरिने भएको छ ।

                विदुर नगरपालीका वडा नम्बर ५ को पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणिय प्रभावको पिषयमा सार्वजानिक सुनुवाई गरि उद्योग स्थापनाको विषयमा स्थानीयसँग छलफल गरेको छ  ।  उद्योग स्थापना गर्नु अगाडी गर्नुपर्ने नागरिक सुनुवाईको आयोजना गर्दै कम्पनीले उद्योगबाट पर्न सक्ने असर तथा प्रभावको विषयमा जानकारी गराएको हो ।

      २० करोड रुपैयाँ लगानी गरि ५६ जनालाई रोजगारी दिने उद्ययोगको स्थाना गर्नको लागी सहयोग गर्नको लागी कम्पनीले जनाएको छ । कम्पनीले स्थानियहरुलाई प्राथमिकतामा राखेर रोजगारी दिने, र कम्पनीको तर्फबाट हुन सक्न सबै प्रकारका सहयोग स्थानीयहरुलाई गर्ने कम्पनीका सञ्चालक दिपक खतिवडाले जानकारी दिए ।

      यस्तै, कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष सुर्य कँडेलले उद्ययोगको स्थापनाको लागी आउने सबै सरोकारवालाहरुलाई सहयोग गर्नु पर्ने बताए । उनले अक्सिजन उद्योग स्थापनाले सुदायमा कुनै असर नगर्ने भएकाले सबैको सहयोग आबाश्यक रहेको बताए ।

     नागरिक सुनुवाई कार्यक्रममा कम्पनीको तर्फबाट वातवरणीय विज्ञ डा.केदार ढकालले सिद्धिगणेश अक्सिजन उद्योग स्थापना हुदाँ नागरिकहरुमा सामान्य रुपमा मात्रै असर हुने र त्यसको असर न्युनिकरणका लागी कम्पनीले न्युनिकरणका उपकरणहरु जडान गर्नु पर्ने बताए ।

      यस्तै, कार्यक्रममा समुदायको आर्थिक विकासको लागी उद्योगको स्थापना हुनु जरुरी रहेको वडा सदस्य सिताराम रिमालले बताए । स्थानीयस्तरमा उद्योगको स्थापना हुँदा रोजगारीको अबसरमा र अप्रत्यक्ष रुपमा स्थानीयस्तरमा आर्थिक उन्नती हुने बताए ।

      नागरिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले उद्योगबाट समुदायमा असर पर्न सक्ने भएमा त्यसलाई व्यवस्थित गर्नको लागी आग्रह गरेका छन् ।