अब विद्यालयमा पनि विद्युतीय हाजिरी

रसुवा ।

रसुवा जिल्लामानै पहिला पटक सामुदायिक बिद्यालय तर्फ कालिका गाउँपालिका –२ कालिकास्थानमा रहेको कालिका हिमालय नमुना माविमा विद्युतिय हाजिरी शुरु गरिएको छ ।

मंगलबार विद्यायलमा आयोजित एक कार्यक्रमकाबीच कालिका हिमालय नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ घिमिरेले पहिलो पटक मेशिनमा औंठा लगाएर विद्युतिय हाजिरीको शुरुवात गरेको प्रधानाध्यापक आशा हाम्वुङ लिम्वुले जानकारी दिए ।

विद्यालयका शिक्षक र कर्मचारीहरुका लागि यो हाजिरी प्रयोग गरिने प्रधानाध्यापक लिम्वुले बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा यस अघि अन्य विभिन्न प्रविधि भित्र्याईसकेकाले प्रविधिको उच्चतम प्रयोगका लागि पनि विद्युतीय हाजिरी शुरु गरेको विद्यालय वयवस्थापन समितिका अध्यक्ष घिमिरले बताए ।

 विद्युतीय हाजिरीको प्रयोगले शिक्षक तथा कर्मचारीहरुलाई स्वनियमनका लागि सहयोग पु¥याउने घिमिरेकोे  भनाई छ । नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा जडान गरिएको विद्युतीय हाजिरीमा शिक्षक तथा कर्मचारी गरी ४० जनाले हाजिरी गर्ने हाललाई परिक्षणको रुपमा राखिएको  र सिसीटिभी पनि बिद्यालयलाई उपलब्ध गराइएको   नेपाल कृषि वन प्रतिष्ठान रसुवाका कार्यक्रम अधिकृत बिराज तामाङले बताए ।

यसैबीच रसुवा जिल्लाको सरकारी विद्यालय प्रति अविभावक र विद्यार्थीको आकर्षण दिन प्रतिदिन घटिरहेको र सरकारी शिक्षकहरु बिद्यालयमा भन्दा बाहिर बढी समय बिताउन थालेपछि शिक्षकहरुलाई तह लगाउन  रसुवाको कालिका गाउपालिकाको सरकारी बिद्यालयमा अब विद्युतीय हाजिरी शुरु गरिने भएको छ ।्

सरकारी विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउनदेखी शिक्षकलाई कडाई गर्न कालिका गाउ पालिकाले यस्तो रणनिति अपनाएको छ । नगरपालिकाले शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीलाई खाजा खर्च देखी विद्युतीय हाजिरीको समेत व्यवस्था गरिने भएको छ ।

यस  आर्थिक वर्षदेखी नै लागु हुनेगरी माध्यमिक विद्यालय तथा आधारभुत विद्यालयका २ जना विषयगत शिक्षकलाई गाउ पालिकाले सम्मान गर्ने भएको छ कालिका गाउँपालिका  कार्यालयले जनाएको छ ।

एक  माध्यमिक र एक आधारभुत विद्यलायलाई सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन कृष्ण श्रेष्ठले  बताए । गाउँपालिकााले शिक्षकदेखी विद्यालयलाई समेत सम्मान गर्ने योजना ल्याएको छ भने शिक्षकहरुलाई नै तह लगाउन हाजिरीको समेत व्यबस्था गरेको छ ।

महंगो शुल्क तिरेर निजि विद्यालय तिर विद्यार्थीको आकर्षण बढ्न थालेपछि गाउँपालिकाले चासो देखाएको हो । विद्यालय सुधार योजना नै लागु गरेर गाउँपालिकाले नयाँ शैक्षिक रणनिति अपनाएको छ । सरकारी बिद्यालयको गुणस्तर उकास्नका लागी बिभिन्न खालका कार्यक्रम ल्याएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानले बताए ।