नुवाकोट गोल्डकप: आयोजकलाई पराजित गरी थ्रीस्टार फाइनलमा

Nuwakot Goldcup

विदुर/नुवाकोटमा सञ्चालन भईरहेको ‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरि थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारमा भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बट्टार क्याम्पसको खेलमैदानमा सञ्चालन भएको पहिलो सेमिफाइनमा थ्री स्थारका अजे मार्टिनले २ गोल, अजय धिमालले १ र निराजन खड्काले १ गोल गरेका थिए ।

नुवाकोट ११ का दिपेश श्रेष्ठले आठौ मिनेटमा गोल गरी टिमलाई अग्रता दिएका थिए । घरेलु मैदानमा घरेलु टिमले गरेको पहिलो गोलले दर्शकहरुलाई उचाले पनि थ्रीस्टारको निकै दबाब झेलेको नुवाकोटले ३८औं मिनेटसम्म मात्र आफ्नो अग्रता कायम गर्न सफल भयो । ३८ औं मिनेटमा थ्री स्टारका अजे मार्टिनले गोल गर्दै टिमलाई बराबारीमा पु¥याए ।

पहिलो गोल गरेको पाँच मिनेट पछि थ्री स्टारका अजे मार्टिनले नै ४३ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २–१ ले अग्रता दिलाए ।

थ्रीस्टारका खेलाडीको अगाडी कमजोर देखिएको नुवाकोटले ७२ औं मिनेट तेस्रो गोल खायो । थ्री स्टारका विजय धिमालले ७२ आंैं मिनेटमा गोल गर्र्दैै टिमलाई ३–१ मा पु¥याए ।

खेलमा ८० औ मिनेटमा थ्री स्टारका निराजन खडक्काले गोल गर्दै टिमलाई ४–१ मा पु¥याउन सफल भए । प्रतियोगितामा ८८ औ मिनेटमा नुवाकोटको पेनाल्टिक एरियामा स्टारका रन्जन विष्टलाई लडाएपछि पाएको पेनाल्टी थ्री स्टारले गोल गर्न सकेन । थ्री स्टारमा रन्जन विष्टले पेनाल्टी मिस गर्दा थ्री स्टार ५ गोल पु¥याउने अवसरबाट चुक्यो ।

प्रतियोगितामा थ्री स्टारका अजे मार्टिनलाई म्यान अफ दि म्याच घोषित गर्दै रु १० हजार प्रदान गरियो ।

घरेलु मैदानमा हजारौं दर्शकको साथ पाए पनि नुवाकोटले गोल गर्ने आधा दर्जन अवसर गुमाएको थियो ।

केही दर्शकहरुले लाइन्स म्यानले सही डिसिजन नगरेको भन्दै विवाद निकालेर लाइन्स म्यानलाई कुट्ने प्रयास गरेपछि भएको विवादमा २० मिनेट खेल रोकिएको थियो ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा विजेताले रु ५ लाख र उपविजेताले रु.३ लाख नगद पाउने छन् ।

भोलिको नेपाल पुलिस र कास्की ११ बीच हुने छ ।