नुवाकोटमा रोपाई रौनक (फोटो फिचर )

नुवाकोटमा रोपाई रौनक (फोटो फिचर )
नवदीप अजनबी

१५ औं राष्ट्रिय धान दिवसको अवसरमा नुवाकोटको विदुर नपा–७ तुप्चेमा शुक्रबार रोपाई महोत्सव गरिएको छ ।
स्थानीय साविम कृषि सहकारी संस्थाले आयोजना गरेको महोत्सवमा जिल्लाका सरकारी कार्यालयका प्रमुख, किसान, कलाकार, विदेशी नागरिकहरु समेत सहभागी भएका थिए । संस्थाले हरेक वर्ष धान दिवसमा रोपाई महोत्सव गर्दै आएको छ । १२ रोपनी जग्गा भाडामा लिएर सामुहिक खेती गर्दै आएको सहकारीले सोही खेतमा रोपाई महोत्सव गरेको हो ।
महोत्सवमा असारे गीत प्रस्तुत, किसान सम्मान, हिले दौड प्रतियोगिता, हिले फुटबल प्रतियोगिता जस्ता कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।