२४ सय विरुवा रोपियो सामरीमा

सामरी । म्यागङ गाउपालिकाको वडा नम्बर ६ सामरीको पनेरामा रहेको धनेश्वरी सामुदायीक वनको क्षेत्रका खाली जग्गामा वृक्षारोपण गरिएको छ ।

साविकको कल्याणपुर, देउराली र सामरीसंग सिमा जोडिएको पनेरामा रहेको धनेश्वरी सामुदायिक वन क्षेत्रको खाली स्थानमा दुई हजार ४ सय सल्ला, चाप र लप्सीको विरुवा रोपिएको धनेश्वरी सामुदायीक वनका उपभोक्ता समितिका अध्यक्ष मनबहादुर तामाङले जानकारी दिनुभएको छ ।

वन कार्यालय नुवाकोटले निःशुल्क उपलब्ध गराएको दुइ हजार ४ सय सल्ला, चाप र लप्सीको विूवा स्थानीय उपभोक्ताको सहभागीताम बृक्षारोपण गरिएको हो । उपभोक्ताहूले दुई दिन लगाएर ती वीरूवाहरू रोपिएको वन समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

धनेश्वरी सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको खाली जग्गामा जिल्ला वन कार्यालयसँगको समन्वयनमा हरेक वर्ष वृक्षारोपण गरी वन क्षेत्रको विस्तार गर्दै आइरहेको छ ।