नेपाल भारत सम्बन्धमा सन्धि र सम्झौताहरू

बटुराम भण्डारी

साना सानाचौबिसे र बाइसे राज्यहरूमा विभाजित नेपाललाई विशाल, सवल र सक्षम राज्यमा रुपान्तरण गर्न पृथ्वीनारायण शाहले एकिकरणको अभियानलाई अगाडि बढाएका थिए । भारतमा व्यापार गर्न पसेको इष्टइडिया नामक बेलायती कम्पनीले एक–एक गरी भारतलाई आफ्नो कव्जामा लिने काम गरिरहेको थियो । राज्यका रुपमा जब दुबै देशको सीमा जोडिन पुग्यो, एक आपसमा युद्धको वातावरण तयार भयोे । नेपाल अंग्रेज युद्धको नामले परिचित यो युद्ध सुगौली सन्धि भई टुङ्गियोे । सुगौली सन्धि भारतस्थित इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच भएको सन्धि हो । सुगौली सन्धिपछि नेपालको दक्षिणी तराईको भूभाग दुई पटक गरी प्राप्त भएको थियो । पूर्व तराई २ डिसेम्वर १८१६मा नै नेपालले फिर्ता पायो भने दोस्रो पटक राप्ति पश्चिमका तराई बाँके, बर्दिया कैलाली र कञ्चनपुर १ नोभेम्वर १८६०मा प्राप्त भयो । सन १९२३ मा नै नेपालले बेलायतसँग स्वतन्त्र राष्ट्रको हैसियतमा मैत्रीपूर्ण सन्धि गरेको थियो, जब कि हालको भारत त्यस समय बेलायतको उपनिवेश थियो । भारत १७ जुन १९४७मा मात्र बेलायतबाट स्वतन्त्र भयो । भारत स्वतन्त्र बनाउन नेपालीले पनि प्रशस्त रगत बगाएका थिए । त्यसैले नेपालले भारतसँग स्वतन्त्र राज्यका हैसियतले ३१ जुलाई १९५०मा मात्र सन्धि गरेको हो । यस अघि भारत भन्ने देश महाभारतको कथामा मात्रै थियो । १४ डिसेम्वर १९५५मा नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो । इतिहासको अतिप्राचिन कालखण्डदेखि आजका मितिसम्म विश्व राजनैतिक रङ्गमञ्चमा अक्षुण्ड स्वतन्त्र अस्तित्व राख्न सफल राष्ट्रको रुपमा नेपाल रहिआएको छ । विशाल भारत र चीनकाबीचमा रहेको यो सानो राष्ट्र नेपाल, एउटा मध्यवर्ती राज्यका रुपमा रहिआएको छ । दुबै देशकालागि केही विन्दुहरु सामरिक महत्व राख्ने भएकाले दुवै साम्राज्यवादी स्वभाव भएका छिमेकीहरूबाट आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन हम्मे परेको यथार्थ कटुसत्य हो ।

नेपालमा राणाशासनको अन्त्यदेखि हालका दिनसम्म भारतले नेपाल र नेपालीलाई दुखदिने लुट्ने, खोस्ने, जमीन हडप्ने आन्तरिक मामलामा हस्तक्षेप गर्ने आदिकार्य गर्दै आएका छन् । यसैको परिणाम सीमानामा प्रसस्त विवादहरु सिर्जना गर्ने र जमीन हाम्रो हो भन्दै एक एकगरी उत्तरी सीमानामा पुग्ने गरेको प्रस्ट बुझिन्छ । यसैको श्रृृङ्ख लालिम्पियाधुरा लिपुलेक, कालापानी हो । सुस्तालगायत अनेकौ ठाउँमा भारतीय सेनाको बलजफतीले नेपाली किसानको सातो लिने गरेको छ । जहिले पनि टड्कारो रुपमा सीमानका विषयमा कुरा उठ्दा सुगौली सन्धि जोडिएर आउँछ । सन् १८१६मा नेपाल र इष्ट इण्डिया कम्पनी सरकार बीचभएको भनिएको सुगौली सन्धिका धाराहरू:

१. माननीय इस्ट इन्डिया कम्पनी र नेपालका राजाकाबीच चीरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यकाबीच जुन भूभागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभु सत्ता स्वीकार गर्छन् ।

३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन् ।

– काली र राप्तीनदीको बीचका सम्पूर्ण तल्ला भागहरू,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,
– गण्डकी र कोशीबीचको समस्ततल्लो भूभाग,
– मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
– मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरू, नागरीको दुर्ग र जमीन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीकाबीचका सबै भूभाग यस मिति देखि ४० दिनभित्रमा गोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ ।

४. नेपाल राज्यकाप्रमुख र भारदारहरू, ज–जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पु¥याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरूलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनकालागिग भर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइने छ ।

५. नेपालका राजा स्वयम् आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।

६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरूबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मत भिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पने छन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।

७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविनाकुनै ब्रिटिस प्रजातथा युरोपेलीप्रजाअथवाअमेरिकीलाई आफ्नो सेवामाकहिल्यै पनि राख्ने छैनन् ।

८. दुवै राज्यकाबीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनकालागि एक राज्यका विश्वास पात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९. यो सन्धि, जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्रमा अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नेल ब्रेडशाँलाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।

यस सन्धिमा नेपालका राजाको हस्ताक्षर हुन नसक्दा युद्धको पुनरावृत्ती भयो । पुनवार्ता भइ सन्धिकामाथी उल्लेखित शर्तहरुमा केही छुट गरियो । जसमा नेपालका भारदारको खान्गि स्वरुप दिने भनिएको दुई लाख पनि मेची देखि राप्तीसम्मको तराईको भूभागबाट नउठ्ने र नेपालले पनि जमीन नै फिर्ता पाए हुने मनसुवा राख्यो । त्यसैले धारा ४ मा राखिएको बुँदा परिवर्तन गरी मेची देखि राप्तीबीचको तराईको भूभाग नेपाललाई नै फिर्ता दिइयो । धारा ४मा उल्लेख गरीएको रु. दुई लाख नेपाललाई दिने भनेको बुँदा नै हटाइयो । नेपालको आन्तरिक राजनीतिमा बेलायतीे हस्तक्षेप शुरु भयो ।

सन् १८५५ फेब्रुअरी १० तारीखमा नेपाल र कम्पनी सरकारका बीच अपराधी सुपुर्दकी सन्धि भएको थियो । जस अनुसार एक अर्को देशमा हत्या, हत्याको चेष्टा, बलत्कार, अङ्गभङ्ग, डकैती, लूट, विषप्रयोग, दंगा, आगलागी काण्डमा भागी आउने अपराधीलाई सम्वन्धित देशको सरकारलाई बुझाउने कुरा थियो । यसमा सीमा सम्बन्धी कुनै कुरा उल्लेख गरिएको छैन ।

नेपालभोट युद्धमा चीनको सहायताको बावजुद नेपालको विजयले कम्पनी सरकारलाई नेपाली सेनाको क्षमता प्रस्ट भैसकेको थियो । त्यसैले भारतमा अंग्रेज विरुद्ध उठेको सैनिक विद्रोह दवाउन जंगबहादुले २ जुलाई १८५७ मा पहिलो चरणमा ६ रेजिमेन्ट फौज पठाए । यसले सबै ठाउँमा कब्जा जमाउँदै लखनौ लूट मच्चायो । विद्रोहीको दोलो कटायो । १ अप्रिल १८५८ मा अलाहवादमा जंगवहादुरको ठूलो स्वगत भयो ।

नोभेम्वर १, १८६० मा पुन नेपाल र कम्पनी सरकारका बीच सन्धिभयो । उक्त सन्धिमा कम्पनी सरकारले सुगौली सन्धि अनुसार नेपालसँगख ोसी लखनाउका नवावव जीरलाई दिएको राप्तीदेखि कालीबीचको तराइको भूभाग बक्सिस स्वरुप फिर्ता दियो । यसरी आजसम्म पनि बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई नयाँ मुलुक भनिएको हो । यसपछि नेपालको आजको स्वरुप तयार भयो । जंगबहादुरले ब्रिटिस सरकारकै सहयोगमा नेपालको पूर्व पश्चिम सीमा स्तम्भ (जंगेपिल्लर) गाडी नियमित गर्ने कार्य गरे । जहाँ नदी थियो त्यहाँको सीमाना नदी नै भनियो र अहिले विवाद नदी नै बन्यो ।

नेपाली प्राचलित उखान छ “दारीवाला, गाडिवाला र साडीवालाको कहिल्यै विश्वास नगर्नु ।” दारीवाला भनेको मुसलमान (भेषधारी), गाडिवाला भनेको पञ्जावी(ड्राइभर) र साडिवाला भनेको माड्वारी(व्यापारी) । किनभने यी सबै विश्वास योग्य हुँदैनन । यीनको दुई रुप हुन्छ । काली नदी कै नाम परिवर्तन भारतीयले गरे । नक्कली कालीको मन्दिर बनाए । जुन सबैभन्दा सानो खोल्छो छ त्यसैलाई काली भनी नामाकरण गरिदिए । त्यसलाई पनि नेपालले चीत्त बुझाएकै थिए । उ अझै अगाडि बढेर आउन थाल्यो । जसले आज यती लामो मैत्रीपूर्ण सम्बन्ध भएको नेपालसँगको सम्बन्धमा तुषारापत भयो । त्यसैले यी भारतीय कसरी विश्वास योग्य भए ?

सन १९२३ मा नेपाल र ग्रेटव्रिटेनबीच पुनःदुई पक्षिय सन्धि भयो । यस ६ बुँदे सन्धिको धारा २ मा “वर्तमान सन्धिका धाराहरुले छुने विषयहरू बाहेक सन १८१५को सुगौली सन्धि र त्यसपछिका अन्य प्रत्येक सन्धि, सम्झौता आदि यस सन्धिद्वारा खारेज हुनेछन्” भनिएको छ । यसैलाई टेक्ने हो भने नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा सतलजसम्म पुग्दछ जुन ग्रेटर नेपालको अवधारणा भित्र पर्दछ । नेपालले त्यो कुरा उठाएको छैन । केवल काली नदी नेपालको साँध हो र यसको सुरुवात लिम्पियाधुराबाट हुन्छ । त्यसैले नेपालको पश्चिमी अन्तिम साँध लिम्पियाधुरा नै हो भनी नक्साङ्कन गरेको हो । भोली यसको सिमाङ्कन अवश्य हुने नै छ ।

त्यसैगरी नेपाल सरकार र स्वतन्त्र भारत सरकारसँग सन् १९५० मा मैत्रीपूर्ण सन्धि भयो । १० धारामा बुँदागत गरिएको यस सन्धिमा दुई स्वतन्त्र मुलुकको अस्तित्व स्वीकार गरिएको र एक आपसमा सहयोगको क्षेत्रहरू उल्लेख गरिएको छ । यसै सन्धिको धारा ८ मा “जहाँतक यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकारपत्र, कबुलियत नामाहरूलाई खारेज गर्छ” भनेको छ । यसले पनि सुगौली सन्धि खारेजीलाई प्रस्ट पारेको छ । तर नेपालले आफ्नो राजनीतिक नक्शामा सुगौली सन्धिपूर्वको हो भनेर दावी गरेको छैन । नेपाल अहिले पनि सुगौली सन्धि अनुसारकै आफ्नो सीमा नियमित गर्न चाहन्छ । यसका लागि भारतलाई आपत्ती हुने कुनै कारण देखिँदैन ।