विद्यालयबाट क्वारेन्टाईन हटाइनु पर्छ

रामहरि रिमाल

कोभिड–१९ को विश्वव्यापी महामारीको कारण अहिले विद्यालय क्षेत्र अत्यन्त प्रभावित छ । वैकल्पिक शिक्षाको माध्यमबाट पठनपाठन पनि त्यति सहज र सर्वसुलभ छैन । अनलाईनको पहुँचमा रहेका विद्यार्थीकालागि पनि सेवाको गुणस्तरमा रहेको कमीका कारण आवाज राम्रो सँग नसुन्ने र बेला बेला इन्टरनेट सम्पर्क नै टुट्ने समस्या छ । इन्टरनेटको क्षमतामा उतार चढाब आइरहन्छ । कहिलेकहिं त यति ढिला हुन्छ कि चलिरहेको डिभाइस नै बन्द हुन्छ र अनलाइन कक्षा नै बन्द भइदिन्छ । तैपनि विद्यालयहरुले अनलाइन कक्षालाई निरन्तरता दिन सक्दो प्रयास गरिरहेका छन् र इन्टरनेट सेवा राम्रो भएको स्थानका विद्यार्थीलाई सिकाई सहजिकरणकालागि सघाउ पु¥याइरहेका छन् ।

टेलिभिजनबाट प्रसारित कक्षा प्रभावकारी छ तर पनि दुरदराजमा त्यो सेवा पुग्न नै सकेको छैन । जुन टेलिभिजन च्यानलबाट कक्षा संचालन हुने हो ती च्यनलहरु सेटेलाइट डिस वा केवल टिभि भएको घरमा मात्र सम्भव छ । अहिले धेरै विद्यार्थी गाउँगाउँमा भएको कारणले त्यसको पहुँचबाट पनि टाढा छन् ।
रेडियो वा एफ एम् बाट प्रसारित कक्षा त प्रभावकारी हुँदै हुदैन । एक त कलिलो उमेरका विद्यार्थीलाई त्यस प्रति रुचि नै हुदैन भने साना विद्यार्थीको मनोविज्ञानसँग त्यसले मेल नै खादैन । माथिल्लो कक्षाका विद्यार्थीले पनि त्यसको कति उपयोग गर्लान् त्यसमा पनि शंका नै छ । प्रत्यक्ष शिक्षकको निगरानीमा पठनपाठन गर्दा त विद्यर्थीमा उत्प्रेरणा जगाउनमा धेरै समस्या आइरहेको हुन्छ भने विद्यार्थीलाई स्वस्फुर्त पढ भनेर दिएका समाग्रीको कतिले प्रयोग गर्लान् त्यसमा पनि शंका नै छ ।
कतिपय विद्यालयहरुले शिक्षकहरुलाई टोलटोलमा पठाएर गृहकार्य दिने र सिकाई सहजीकरण गर्ने कार्य पनि गरिरहेका छन् । यसले पनि गत कक्षाको पाठ्यवस्तु स्मरणकालागि मात्र सहजिकरण गर्ला, यस शैक्षिक वर्षको नयाँ कक्षाको पाठ्यक्रम र पाठ्यवस्तु अनुरुपको सिकाईलाई सहयोग पुग्दैन ।

वैकल्पिक माध्यमको सिकाईले विद्यार्थीको सिकाईलाई लयमा ल्याउन अवस्य सहयोग पु¥याउँछ र अनलाईन कक्षा मार्फत त पाठ्यवस्तुलाई नै अघि बढाउन पनि सकिन्छ तर यो केही समयकोलागि मात्र र विशेषगरि छोटो समयकोलागि मात्र उपयुक्त हुन्छ । त्यसलाई लामो समयसम्म जारी राख्नु उपयुक्त हुँदैन । त्यसको विकल्प पनि सोच्दै जानु पर्दछ । प्रभावकारी सिकाईकालागि विद्यार्थी र शिक्षक जोडिनै पर्दछ । त्यसरी विद्यार्थी र शिक्षक जोडिने वातावरण तयार गर्नकालागि स्थानीय तहले पहल गर्ने कुरामा अब ढिलाई गर्नु हुदैन ।

स्थानीय तहहरुले कोरोना नियन्त्रणकोलागि अत्यन्त प्रभावकारी र सह्राहनीय कार्य गरेका छन् । त्यहि कारणले समुदायमा संक्रमण फैलिन पाएको छैन । यो कार्यलाई अझ प्रभावकरी रुपले समय अनुसार परिमार्जन गर्दै जानु पर्दछ । कतिपय विद्यालयहरु अहिले क्वरेनटाईनमा छन् । सरकारले यो शैक्षिक सत्र लाई खेर जान नदिने भनिसकेको छ । शैक्षिक सत्रलाई खेर जान दिनु पनि हुदैन । समय अत्यन्त महत्वपुर्ण हुन्छ । मानिसको जिवनमा एक मिनेटको त कति महत्व हुन्छ भने एक महिना होईन एक बर्ष नै घट्नु भनेको ठूलो घाटा हो । यो अवस्थामा विद्यालयलाई अब क्वरेन्टाइनबाट हटाएर निश्चित होटेलहरुलाई शुरक्षाको प्रबन्ध सहित क्वारेन्टाइन बनाउने बैकल्पिक बाटो सोच्नु पर्दछ र क्वारेन्टाइनमा बस्ने सशुल्क ब्यवस्था गरिदिनु पर्दछ । त्यसले सरकारको आर्थिक भारलाई पनि घटाईदिन्छ र नेपाल प्रवेश गर्ने संख्यालाई पनि नियन्त्रण गर्छ ।
विद्यालयबाट क्वारेन्टाईन हटाएर निर्मलीकरण गरेपछि विद्यार्थी र शिक्षक जोडिने वातावरण बन्छ । तर पनि कोभिड–१९ को संक्रमणको अवस्थालाई मधयनजर गर्नु पर्ने हुन्छ । जुन जिल्लामा संक्रमण समुदायमा फैलिएको छैन, संक्रमितको संख्या न्यून छ र संक्रमितको दर पनि घट्दो छ भने ती जिल्ला हरुमा सामाजिक दुरी कायम हुने तरिकाले सुरक्षाका सबै उपायहरुलाई अबलम्बन गरि प्रति दिन विद्यालयको भौतिक संरचना अनुसार बढिमा तिनवटा कक्षासम्म संचालन गर्ने व्यवस्था गर्न सकिन्छ । यसरी एउटा कक्षा हप्तामा दुई दिन संचालन गर्ने गरि लिने व्यवस्था गरियो भने पनि त्यो हालको बैकल्पिक शिक्षण भन्दा बढी प्रभावकारी र सबै विद्यार्थीको पहुँचमा पुग्न सक्ने हुन्छ । त्यस पछि कोरोना संक्रमणको दर घट्दै गएपछि जोर बिजोर रोल नम्बर अनुसार विद्यार्थी बोलाएर प्रत्येक दिन सबै कक्षा संचालन गर्ने ब्यवस्था गर्नु पर्छ जसले गर्दा हप्ताको तीन दिन विद्यार्थीले पढ्न पाउँछन् । जब संक्रमण पुर्ण रुपमा रोकिन्छ, अनि पुर्ववत विद्यालयहरु संचालन गर्दै पठनपाठन सुचारु गर्नु पर्दछ ।

यस शैक्षिक सत्रलाई खेर जान नदिने हो भने यो तरिकाबाट पठन पाठन शुरु गर्ने, अब पछिका शनिबार बाहेक सबै विदाहरु कटौती गर्ने, दशैं तिहार जस्ता चाडपर्व विदा घटाउने, पाठ्यक्रम अनुसार रहेका पाठ्यसामाग्री मात्र समेटी अरु पाठ्य सामाग्री कटौती गर्ने र यस शैक्षिक सत्र पूरा गर्ने उद्देश्यले शैक्षिक क्यालेण्डर तयार गर्नुपर्ने हुन्छ । यसकोलागि सबै निकायहरु शिक्षा मन्त्रालय, स्थनीय तह, शिक्षक, विद्यार्थी, अभिभावक सबैको सहयोग र समर्थनको आवश्यकता छ र यहि नै अहिलेको विद्यालय शैक्षिक समस्याको सहि समाधान पनि हो ।
( लेखक प्याब्सन बागमती प्रदेश समितिका प्रमुख सल्लाहकार हुनुहुन्छ । )