नेकपामा १५ हजार संगठित कार्यकर्ता

त्रिशूलीखबर संवाददाता

नुवाकोट । नेपाल कम्युष्टि पार्टी(नेकपा) नुवाकोटका संगठित सदस्यको संख्या १५ हजार नाघेको छ ।
शनिबार नेकपा नुवाकोटको सचिवालयको बैठकले १५ हजार ७ सय ७५ जना संगठित सदस्यको नाम तय गरेर अनुमोदनको लागि पार्टीको केन्द्रीय संगठन विभागमा पठाएको जिल्ला कमिटिका प्रचार प्रसार विभाग प्रमुख एवम् प्रदेश सभासदस्य बद्री मैनालीले जानकारी दिनुभयो ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा बनेपछि पहिलोपटक संगठित सदस्यको अनुमोदनको लागि जिल्लामा स्वीकृत गरी केन्द्रमा पठाइएको हो । जिल्ला अध्यक्ष हिरानाथ खतिवडाको अध्यक्षतमा बसेको बैठकले जिल्ला कमिटि अन्तर्गतका २९ वटा विभागको प्रमुख तथा उपप्रमुख समेत चयन गरि पूर्णता दिइएको हो । पार्टी स्कूल विभागको प्रमुखमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र उपप्रमुखमा यम खतिवडा, संगठन विभाग प्रमुखमा नारायणप्रसाद खतिवडा र उपप्रमुखमा गोकर्णनाथ न्यौपाने, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा बद्री मैनाली र उपप्रमुखमा सन्तोष रिजाल, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा पशुपति कोइराला र उपप्रमुखमा केदार पुडासैनी, कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा विष्णु लोहनी र उपप्रमुखमा धनबहादुर मिजार, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा कमल खतिवडा र उपप्रमुखमा शिवकुमार मिश्र, जलस्रोत सिंचाई तथा उर्जा विभागको प्रमुखमा शान्ता अधिकारी र उपप्रमुखमा जयमान वाइवा, निर्वाचन विभागको प्रमुखमा बाबुराम अधिकारी र उपप्रमुखमा अर्जुन श्रेष्ठ, न्याय कानून तथा मानवअधिकार विभागको प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा शिवराम दाहाल, पर्यटठन तथा नागरिक उड्डयन विभागको प्रमुखमा काशीराज अधिकारी र उपप्रमुखमा हरिबहादुर बस्नेत चयन भएका छन् ।
यस्तै, उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा ईन्द्रबहादुर पण्डित र उपप्रमुखमा निर्मला खड्का, अर्थ तथा योजना विभागको प्रमुखमा खिलप्रसाद दवाडी र उपप्रमुखमा राजु सडौला, उद्योग तथा वाणिज्य विभागको प्रमुखमा जितेन्द्र विष्ट र उपप्रमुखमा दिलबहादुर लामा, प्रादेशिक ममला विभागको प्रमुखमा रामेश्वर खड्का र उपप्रमुखमा मिलन लामा चयन भएका छन् ।
यस्तै, पुस्तकालय तथा अभिलेख विभागको प्रमुखमा यमकुमार खाती र उपप्रमुखमा सुरेन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखमा तेजबहादुर लामा र उपप्रमुखमा रामहरि न्यौपाने, युवा तथा खेलकुद विभागको प्रमुखमा नारायणबहादुर बस्नेत र उपप्रमुखमा बुद्धीमान तामाङ, वन तथा वातावरण विभागको प्रमुखमा रत्नबहादुर विक र उपप्रमुखमा चन्द्रबहादुर बलामी, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा भोला सेढाई र उपप्रमुखमा रामेश्वर भण्डारी, शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा विष्णुबहादुर बोगटी र उपप्रमुखमा पार्वती प्याकुरेल, श्रम तथा रोजगार विभागको प्रमुखमा मंगलमाया प्रजापति र उपप्रमुखमा बेधनिधी मुडभरी, समाजकल्याण विभागको प्रमुखमा लोचन नेपाल र उपप्रमुखमा गणेशप्रसाद खतिवडा, सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा अरुण श्रेष्ठ र उपप्रमुखमा नमराज ओझा, सामान्य प्रशासन विभागको प्रमुखमा मुकुन्द आचार्य र उपप्रमुखमा सीता खतिवडा, साहित्य तथा कला संस्कृति विभागको प्रमुखमा टलकमान श्रेष्ठ र उपप्रमुखमा ईन्द्रबहादुर मगर, स्थानीय तह विभागको प्रमुखमा बुद्धी प्रधान र उपप्रमुखमा कविता ढुंगाना, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा गमला श्रेष्ठ र उपप्रमुखमा विन्दुमाया तामाङ, महिला विभागको प्रमुखमा कल्पना रिमाल र उपप्रमुखमा आशामाया तामाङ र शहरी विभागको प्रमुखमा मानबहादुर तामाङ र उपप्रमुखमा श्याम तामाङ चयन भएका छन् ।